“मोबाइल नम्बर पोर्टेबिलिटी” सम्बन्धमा
राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउने बारेको
नेपाल दूरसञ्चार प्राधिकरणको सूचना
प्रथम पटक प्रकाशित मितिः २०७८|०८|०१
मोबाइल नम्बर पोर्टेबिलीटी सेवा संचालन गर्नको लागी तयार गरिएको “मोबाइल नम्बर पोर्टेबिलीटी (एम.एन.पि.) सम्बन्धी नियमावली, २०७८” को मस्यौदा प्राधिकरणको वेबसाईट https://nta.gov.np/page/consultations मा सार्वजनिक गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ। साथै, उक्त नियमावलीका सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया १ महिनासम्ममा निम्न ठेगानामा उपलव्ध गराई नियमावली तर्जुमा गर्ने कार्यमा सहयोग गरि दिनुहुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।
मोबाइल नम्बर पोर्टेबिलीटी (एम.एन.पि.) सम्बन्धी नियमावली, २०७८ (मस्यौदा) : PDF
नेपाल दूरसञ्चार प्राधिकरण,
जमल, काठमाण्डौं
पो. ब. नं.: ९७५४
फोन नं: ९७७–१–५३५५४७४, एक्स्टेन्सन नं: ४०७, ४०१
फयाक्स् : ९७७–१–५३५५२५०
Email: [email protected], [email protected]