हराएको वा भेट्टिएको मोवाईल सेटको बारेमा प्राधिकरणमा जानकारी
गराउने वारे अत्यन्त जरुरी सूचना
मोवाईल फोनसेटको पहिचानको रुपमा हरेक मोवाईल फोनसेटमा International Mobile Equipment Identity (IMEI)/Electronic Serial Number (ESN)/Mobile Equipment Identity(MEID) हरु रहेका हुन्छन् । प्राधिकरणको सिफारिसमा मात्र नेपालमा मोवाईल फोनसेटहरु आयात गरिन्छन् । तसर्थ नेपालमा आयात भएका सबै मोवाईल फोनसेटको रेकर्ड नेपाल दूरसञ्चार प्राधिकरणसंग रहेको हुन्छ भने नेपालमा प्रयोग भईरहेका सबै मोवाईल फोन सेटको रेकर्ड प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुसंग रहेको हुन्छ । त्यसैले प्राधिकरणले कुनै पनि व्यक्तिको हराएको मोवाईल फोनसेट Tracking गर्नको लागि “Mobile Tracking” सेवा सबैको लागि उपलब्ध गराएको छ । तपाईंको मोवाईल फोनसेट हराएको छ भन प्राधिकरणको वेभसाईट www.nta.gov.np मा उपलब्ध वेभ लिंक https://eir.nta.gov.np/main/individual/track मा गई निवेदन दिन सक्नु हुनेछ । त्यस्तै कसैले मोवाईल फोनसेट भेट्टाउनु भएको छ भने तुरुन्त जसको फोनसेट हो सोही व्यक्तिलाई वा नजिकको नेपाल प्रहरीको कार्यालयमा वा प्राधिकरणमा जानकारी गराई फिर्ता गर्न सक्नु हुनेछ । तर यदि कसैले त्यस्तो भेट्टाएको फोन सेट संबन्धित व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई बिक्रि गरेको वा कसैले खरिद गरेको पाईएमा सहजै “Mobile Tracking” गर्न सकिने भएकोले कानुन बमोजिम कानुनी कारवाही हुन्छ । तसर्थ प्राधिकरणले उपलब्ध गराएको “Mobile Tracking” को सेवा प्रयोग गर्न, हराएको मोवाईल फोनसेट भेटीएमा फिर्ता गर्न र त्यस्तो फोनसेट कसैले पनि खरिद गरी प्रयोग नगर्न सर्वसाधारण सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरण
अनुगमन महाशाखा
श्री कुञ्ज भवन, कमलादी
काठमाडौं, नेपाल
फोन नं: ४२५५४७४, फ्याक्स नंस: ४२५५२५०
Email: [email protected], URL: www.nta.gov.np